दफा ११
कार्यकारी परिषद्को गठन
: (१) प्रतिष्ठानको कार्यकारी निकायको रूपमा काम गर्न एक कार्यकारी परिषद् रहनेछ ।
(२) कार्यकारी परिषद्को गठन देहाय बमोजिम हुनेछ :-
(क) उपकुलपति -अध्यक्ष
(ख) शिक्षाध्यक्ष -सदस्य
(ग) डीनहरूमध्येबाट एक जना -सदस्य
(घ) सभाका सदस्य रहेका शैक्षिक संस्थाका प्रमुखहरूमध्येबाट
एक जना -सदस्य
(ङ) निर्देशक -सदस्य
(च) शिक्षकहरूमध्येबाट एक जना -सदस्य
(छ) रजिष्ट्रार -सदस्य सचिव
(३) उपदफा (२) को खण्ड (ग), (घ) र (च) बमोजिमका सदस्यको मनोनयन उपकुलपतिको सिफारिसमा सहकुलपतिले गर्नेछ ।
(४) उपदफा (२) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(५) कार्यकारी परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।